लौठसल्लाको नाममा के छ हजुर?


Reshu Bashyal
February 22, 2021


हामी अफ्रिकी जीराफ परैबाट चिन्छौं । धेरै समुन्द्री जीवहरुको नाम आंकलन गर्न सक्छौं । तर हरेक दिन देखिने आफ्नै घर वरिपरी रहेका वनस्पतिहरुसंग भने अपरिचित छौँ । म स्वयंलाई मेरै घरको गमलामा रहेका सबै वनस्पतिको नाम केहि वर्ष आगडि सम्म थाहा थिएन । अहिले पनि कतिपय वनस्पतिको नाम चिन्न मोवाइल एप प्रयोग गर्नुपर्छ । म आफैलाई महशुस भएको कुरा हो हामीमा वनस्पती अन्धता (प्लान्ट ब्लाइन्डनेस) कती धेरै छ ।

धेरैलाई लाग्न सक्छ एक आम मानिसले वनस्पति नचिन्दा खासै के फरक पर्ला र । कहिलेकाहीँ विषालु वनस्पती सेवन गर्दा स्वास्थ्य बिग्रने मात्र हो । तर, सरकार र यसका निती नियमले वनस्पतीहरु नचिन्दा भने उक्त वनस्पतीमा निर्भर किसान तथा ब्यापारी सबै नै “बिरामी” बन्न पुग्छन् । साथै उक्त प्रजाती नै लोप हुने खतरा समेत बढ्छ ।

हालै नेपालमा पाईने लौठसल्लाका प्रजातीहरुको पहिचानको वहस पुनः सतहमा आएको छ । नेपालका लौठसल्लाहरुलाई सन् २०११ सम्म ट्याक्सस बकाटा भनेर चिनिन्थ्यो । जुन कुरा गलत रहेछ भन्ने कुरा सन् २०११ को आधुनिक आनुवंशिक प्रविधिको अध्ययनले देखायो जसलाई पक्ष्याउँदै नेपाल सरकारले पुन २०१७ मा तिन प्रजातिहरु ट्याक्सस कन्टोर्र्टा, ट्याक्सस माइरेई, र ट्याक्सस वालिचियाना नै भएको पुष्टि गरेको थियो । पछिल्लो समय केहि वनस्पतीविद्हरु नेपालका लौठसल्ला ट्याक्सस वालिचियाना र ट्याक्सस कन्टोर्र्टा मात्र हुन् भन्ने दाबी गरीरहेका छन् । माइरेइ नयाँ प्रजाती नभई वालिचियाना कै भेराइटि हो भन्ने उनीहरुको तर्क छ । सोहि कुरालाई वनस्पति विभाग मातहतको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीले समेत सन् २०२० को अक्टोबरमा प्रकाशित गरेको ‘अ ह्याण्डबूक अफ द जिम्नोस्पर्मस् अफ नेपाल’ पुस्तकमा स्विाकार गरेको देखिन्छ ।

महत्वपुर्ण कुरा के छ भने, आधुनिक आनुवशिक प्रविधिको अध्ययनले स्थापीत तथ्यलाई वनस्पतीविद्हरु र राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाले के कस्तो नयाँ तथ्य र प्रमाणको आधारमा इन्कार गर्ने निर्णयमा पुगे भन्ने कुरा अनुत्तरीत छ ।

हुनत वनस्पतिहरु पहिचान गर्नु आफैमा निक्कै कठिन काम हो । त्यसैले वैज्ञानिक नामाकरणमा मतभिन्नताहरु हुनु सामान्य प्रक्रिया हो । नेपालमा पाइने लौठसल्लाका हकमा भने यसको वैज्ञानिक पहिचान तथा नामाकरण र यसको प्राकृतिक अवस्थिति को बारेमा विगतमा पनि द्विविधा नभएको होइन । त्रिचन्द्र क्याम्पसको वनस्पति विभाग परिसरमा लौठसल्लालाई वैज्ञानिक नाम ट्याकसस् बकाटा हो भनेर विभागले रुखमा टाँस्नुले पनि सोही बताउँछ ।

केन्यामा भएको सन् २००० को संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण सन्धी (साइटिस) को सदस्य राष्टहरुको बैठकमा अधिकारीहरुलाई नै अगरउडको ब्त्रगष्बिचष्ब mबबिअअभलकष्क र अन्य ब्त्रगष्बिचष्ब कउभअष्भक बीच फरक छुट्याउन हम्मे हम्मे परेको कुरा चर्चा को विषय बनेको थियो । अन्तत प्रजातिहरू पहिचान गर्ने पद्धती बनाउनु पर्ने निर्णय नै गरीयो । हालसम्म पनि साइटिस कार्यन्वयन को प्रमुख चुनौती प्रजातिहरुको सहि पहिचान नै मानिन्छ ।

एकातिर प्राकृतिक वासस्थानमा संख्या कम हुने, चोरि निकाशी बढ्ने र अर्को तर्फ प्रजाति पहिचानमै द्विविधा देखिनु र अर्को प्रजातिको नाममा निर्यात हुनुले माइरेई प्रजातीको भविष्य अन्योलमा छ । नेपालका लौठसल्लाहरु ट्याक्सस वालिचियानाकै नामबाट विदेश निर्यात हुँदै आएको छ । सो ब्यापारको रेकर्ड (ऋक्ष्त्भ्क् तचबमभ मबतबदबकभ) ले नेपाल भित्र लौठसल्लाका कुन प्रजातीको संकलन कती भएको भन्ने देखाउँदैन । जसले गर्दा प्राकृतिक वासस्थानमा कम सङ्ख्यामा रहेका प्रजातीहरु माथी पर्ने प्रभाब आकलन गर्न सकिन्न । माइरेइ प्रजातीको हकमा तुलनात्मक रुपमा बढि ट्क्सोल (क्यान्सर निको पार्ने औषधीय तत्व) का कारण बढ्दो माग र प्राकृतिक प्रजननको समस्या आदिले गर्दा कतिपय ठाउमा लोप हुने आवस्थामा पुगेकाले सहि र वैज्ञानिक पहिचान अझ महत्वपुर्ण छ ।

काठमान्डौंमा वनस्पतीविद्हरुका बिच नामका बारेमो भएको बहस देख्दा, मलाई स्थानिय लौठसल्ला किसानहरुको झल्को आयो । देशभर हजारौं किसानहरु लौठसल्ला खेती र संकलनमा आश्रित छन् र धेरै जसोले आफ्नो निजि कृषीयोग्य जग्गामा रोपेका छन् । स्थानीय स्तरमा लौठसल्लालाई परम्परागत रुपमा औषधिमूलो, काष्ट एवं गैरकाष्ट रुपमा र विभिन्न पुजाआजाका क्रममा प्रयोगमा आएको पाइन्छ भने यसको राष्ट्रिय र अन्तरराष्ट्रिय स्थरमा भने सन् १९९० को दशक देखि बढ्यो जतिबेला यसले क्यान्सर निको पर्ने कुरा पुष्टि भयो । यद्धपी लौठसल्ला बिक्रि दर मा एकरुपता नहुनु र बजार व्यवस्थापनका समस्या बजार व्यवस्थापनका समस्या रहिआएका छन् । प्रजातीको नाम ब्यापारका नियमसँग पनि सम्बन्धित भएकाले विज्ञहरुविच को खिचातानीले कृषकहरु अझै मारमा पर्ने निश्चित छ ।

उचित पहिचान नहुँदा उक्त प्रजातिको संरक्षण कार्यक्रम र भविष्य नै अनिश्चित हुन्छ । सन् २००७ मा अमेरीकामा उस्तै देखिने तर लोप भएको मानिएको आईभोरी बिल्ड उडपेकर (ऋबmउभउजष्गिक उचष्लअष्उबष्कि० र धेरै पाईने पाइलिटेड उडपेकर ९म्चथयअयउगक उष्भिबतगक० पहिचान विवादित हुँदा, २७ मीलीयन डलर बराबरको संरक्षण योजना नै ओझेलमा परेको थियो । यस्तै कुरालाई मध्यनजर गर्दै अमेरीकामा कतिपय स्थानमा शिकार अनुमती लिनुपुर्व प्रजाती चिन्ने जाँच पास गरेको हुनुपर्ने ब्यवस्था सम्म छ ।

आधुनिक प्रविधिको प्रयोग गर्दै वनस्पति विविधताको अध्ययन अनुसन्धान गरि प्रजातिहरुको सहि पहिचान गर्दै प्राकृतिक वनमा संरक्षण, व्यवस्थापन र दिगो प्रयोग गर्न सकियो भने देश र स्थानीयहरुको सामाजिक आर्थिक विकासमा उल्लेखनीय टेवा पुग्दछ । अनुसन्धानकर्ता र सरोकारवालाहरुको दोधार र विवादले सर्वसाधरणको जिविकोपार्जन र प्रजाती कै भविष्य माथी प्रश्न उठ्छ ।

नेपाल सरकारले वनस्पति स्रोतमा आनुसन्धान र दिगो उपयोग गरेर देशलाई आर्थिक रुपमा सम्बृद्ध बनाउने उद्देश्यले ३३ प्रजातिका औषधोपयोगी वनस्पति र प्रविधि विकासका लागि प्रथामिकतामा १३ प्रजातिका वनस्पतिलाई राखेको छ । जसमध्य लौठसल्ला पनि एक हो जुन आर्थिक विकासको लागि प्राथमिकता मा पनि रहेकोे छ र व्यवसायीकरण गर्न आधारभूत सुचना संकलन गरिनुपर्ने कुरामा जोड दिइएको पाइन्छ ।
विभिन्न अध्ययनलाई हेर्दा करिब ७००० देखि २७००० टन जडीबटीहरु नेपालबाट बर्सेनी निर्यात हुनेगरेको छ, जसले हजारौँको आर्थिक र सामाजिक विकासमा निकै योगदान पुर्याएको छ । जसमध्य यीमध्ये लौठसल्लाको योगदानलाई नकार्न सकिँदैन ।

वनस्पती संरक्षण, आधारभूत सुचना संकलन, ब्यवस्थापन तथा ब्यापार र प्रगोगका कुरा वनस्पतिका वैज्ञानिक पहिचानबाट शुरु हुन्छ । कुन वनस्पती, कहाँ पाईन्छ, के मा प्रयोग हुन्छ, दिगो संकलन कसरी गर्न सकिन्छ लगायतका जानकारीले नै यसबारे निर्णय लिन सघाउँछ । नेपालमा पाइएका करिब ७००० फूल फूल्ने र ४००० प्रजातिका फूल नफूल्ने वनस्पतिहरुमध्ये स्थानियहरुले १६०० प्रजातिलाई जडिबुटीका रुपमा प्रयोग गर्ने गर्दछन् ।र पनि सोको पहिचान र प्रयोगमा उल्लेख्य उपलब्धी भएको छ्रैन ।

वनस्पतिहरुका उपादेयताका अनुसन्धान गरी प्रयोगमा ल्याउनसके त्यसले देशको कूल ग्राहस्थ उत्पादनमा ठुलो टेवा पुयाउन सक्छ । अझ नेपालजस्तो धेरै औद्योगीक अवसर नभएको तर वनस्पतिको विविधतमा धनी मुलुकका लागी यो निर्विकल्प अवसर हो ।

प्राकृतिक अवस्थामा सिमित जिल्लाहरुमा मात्र पाइने ट्याक्सस माइरेईको संख्या नेपालमा ज्यादै न्युन रहेको छ । विश्वमा नै घट्दै गएको कारण यो प्रजातिलाई विश्व संरक्षण संघकोसंवेदनशील नेपालको लागि अति संकटापन्न सुचिमा रखिएको छ । अझ बजारमा तुलनात्मक बढि मुल्य पर्ने हुँदा, चोरि निकाशी पनि बढ्दो छ । त्यसैले पनि नाम र पहिचानका द्विविधाहरुलाई सम्बन्धीत निकायले यथाश्रीघ निराकरण गरी बाँकी रहेका प्राकृतिक वासस्थानका माइरेई लौठसल्ला जोगाउन ध्यान केन्द्रित गर्न आवश्यक छ ।

Published in himalkhabar: link


Continue reading

Registered Office: Balephi 08, Sindhupalchok City Office: New Baneshwor, Kathmandu
45305
Nepal

Telephone: +977-1-5244333

Email: info@greenhood.org

Follow Greenhood Nepal